(क) प्राधिकरणको वार्षिक नीति, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने । (ख) प्रदेशस्तरका छापा, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमको दर्ता अभिलेखिकरण र नियमन गर्ने । (ग) पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम, रेडियो, एफ.एम. रेडियो टेलिभिजन, केबुल टेलिभिजन र केबुल वितरकको अभिलेख राख्ने । (घ) रेडियो र टेलिभिजनका लागि फ्रिक्वेन्सी योजना निर्माण गर्ने, प्रशारण केन्द्रहरुको म्यापिङ्ग गरी संघ, प्रदेश र स्थानीय तहमा वितरणका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने । (ङ) आमसञ्चार प्रविधिको प्रयोग र विकास प्रवद्र्धनकालागि आवश्यक कार्य गर्ने । (च) आमसञ्चारमाध्यमहरुलाई दिईने सुविधाका सम्वन्धमा मन्त्रालय मार्फत प्रदेश सरकारलाई सिफारिस गर्ने । (छ) आमसञ्चारमाध्यमले ऐन बमोजिम प्रदेश सरकारले तोकेको कार्य तथा दिएको निर्देशन लगायतका अन्य कुराहरु कार्यान्वयन गरे नगरेको निरीक्षण अनुगमन गरे नगरेको पाईएमा गर्न लगाउने । (ज) आमसञ्चारमाध्यमहरुका बीचमा देखिएका विवादहरु तथा दफा ५४ बमोजिमका उजुरीहरु कार्वाही गर्ने । (झ) पत्रकारिता पेशालाई व्यवसायिक एवम् मर्यादित बनाउन आवश्यक नीति योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने । (ञ) पत्रकारहरुलाई पेशाप्रति उत्प्रेरित गर्न नवप्रवर्तन तथा प्रशिक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने । (ट) विदेशी आमसञ्चार संस्थाका प्रेस प्रतिनीधिको नियमन गर्ने । (ठ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।