काम, कर्तव्य र अधिकार

प्रदेश सञ्चार सम्वन्धी ऐन २०७७ को दफा १२ ले आमसञ्चार प्राधिकरणको काम, कर्तव्य र अधिकार निर्दिष्ट गरेको छ । ती देहाय बमोजिम रहेको छः
(क) प्राधिकरणको वार्षिक नीति, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने ।
(ख) प्रदेशस्तरका छापा, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमको दर्ता अभिलेखिकरण र नियमन गर्ने ।
(ग) पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम, रेडियो, एफ.एम. रेडियो टेलिभिजन, केबुल टेलिभिजन र केबुल वितरकको अभिलेख राख्ने ।
(घ) रेडियो र टेलिभिजनका लागि फ्रिक्वेन्सी योजना निर्माण गर्ने, प्रशारण केन्द्रहरुको म्यापिङ्ग गरी संघ, प्रदेश र स्थानीय तहमा वितरणका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने ।
(ङ) आमसञ्चार प्रविधिको प्रयोग र विकास प्रवद्र्धनकालागि आवश्यक कार्य गर्ने ।
(च) आमसञ्चारमाध्यमहरुलाई दिईने सुविधाका सम्वन्धमा मन्त्रालय मार्फत प्रदेश सरकारलाई सिफारिस गर्ने ।
(छ) आमसञ्चारमाध्यमले ऐन बमोजिम प्रदेश सरकारले तोकेको कार्य तथा दिएको निर्देशन लगायतका अन्य कुराहरु कार्यान्वयन गरे नगरेको निरीक्षण अनुगमन गरे नगरेको पाईएमा गर्न लगाउने ।
(ज) आमसञ्चारमाध्यमहरुका बीचमा देखिएका विवादहरु तथा दफा ५४ बमोजिमका उजुरीहरु कार्वाही गर्ने ।
(झ) पत्रकारिता पेशालाई व्यवसायिक एवम् मर्यादित बनाउन आवश्यक नीति योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने ।
(ञ) पत्रकारहरुलाई पेशाप्रति उत्प्रेरित गर्न नवप्रवर्तन तथा प्रशिक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ट) विदेशी आमसञ्चार संस्थाका प्रेस प्रतिनीधिको नियमन गर्ने ।
(ठ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।


प्रदेश सञ्चार ऐन २०७७ ले निर्दिष्ट गरेका कामकार्वाहीलाई व्यवस्थित रुपमा अगाडि बढाउन प्रदेश सञ्चार नियमावली २०७७ ले प्रदेश आमसञ्चार प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बमोजिम तोकिएको छः
(क) सञ्चार सम्वन्धी प्रशिक्षण तथा अनुसन्धान सम्वन्धी नीति तजुृमा गर्ने ।
(ख) प्राधिकरणको दिर्घकालिन योजना तर्जुमा गरी स्वीकृत गर्ने ।
(ग) प्राधिकरणको स्वीकृत वार्षिक कार्यक्रम कार्ययोजना बनाई कार्यान्वयन गर्ने ।
(घ) सञ्चारकर्मीलाई उपयुक्त प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गराउने ।
(ङ) सञ्चारकर्मीका समस्याहरु र तीनका समाधानका उपायहरुका बारेमा समय-समयमा सभा गोष्ठि एवम् सम्मेलनको आयोजना गर्ने गराउने ।
(च) सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्न शिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्वन्धी पाठ्यक्रम स्वीकृत गर्ने ।
(छ) विषय मिल्ने विश्वविद्यालय तथा प्राविधिक शिक्षालयसँग सहकार्य गर्ने ।
(ज) प्रशिक्षण कार्यक्रमहरुको मूल्याङ्कन गर्ने ।

प्रदेश सञ्चार नियमावली, २०७७ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, प्रदेश सञ्चार सम्बन्धी ऐन, २०७७ को खण्ड ९) संख्या७ प्रदेश राजपत्र भाग २ मिति २०८२१०५/१२ दफा ७० ले दिएको अधिकार प्रयोग गरी मधेश प्रदेश सरकारले देहायका नियमहरु बनाएको छ ।

१ संक्षिप्त नाम र प्रारम्भ : (१) यस नियमावलीको नाम "प्रदेश सञ्चार (दोस्रो संशोधन) नियमावली, २०८२" रहेको छ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२ मुल नियमावली को नियम ५ मा संशोधन: प्रदेश सञ्चार नियमावली, २०७७ (यसपछि "मल नियमावली" भनिएको को नियम ५ को उपनियम १ को खण्ड (ज) पछ देहायको (ज१) र (ज२) खण्डहरु थपिएको छ।

“(ज१) पत्रकारिता पुरस्कार, पत्रकारिता अध्ययन छात्रवृति, प्रोत्साहन, भाषिक पत्रकारिताको विकास गर्न प्रवर्धनात्मक कार्यहरु गर्ने,

(ज२) प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायवाट प्रकाशित सामग्री र सूचना सङ्गलन भण्डारण, प्रशोधन र वितरणगरी नागरिकहरुलाई उपलब्ध गराउन सूचना बैंकको स्थापना गर्ने,"

३ मुल नियमावलीको नियम ७ मा संशोधन:

मुल नियमावलीको नियम ७ को उपनियम (१) मा देहायको “ज" थप गरने खण्ड ९। संख्या ७ प्रदेश राजपुत्र भाग २ मिति २०८२९०५/१२ "(ज) आमसञ्चार माध्यम (रेडियो,टि.भी.अनलाइन र पत्रपत्रिका) स्थापना तथा नियमण ग्नें।"

४ मुल नियमावलीको नियम १६ मा संशोधन: मुल नियमावलीको नियम १६ को उपनियम (४) को सट्टा देहायको उपनियम (४ ) राखिएको छ ।

"(४) उपनियम (३) बमोजिमको अवधिभित्र नवीकरण नगराएमा पत्रपत्रिका तथा अनलाईन सञ्चार माध्यमको नवीकरण गरीने छैन।"

५ मुल नियमावलीको नियम २८ मा संशोधनः मुल नियमावलीको नियम २८ को उपनियम (३) को सट्टा देहाय को उपनियम (३) राखिएको छ।

"(३) प्रचलित कानुन बमोजिम इजाजत पत्र पाएकाले प्रदेश भित्र समाचार सड़कलन​​​​​​​ गर्न पाउनेछन्। तर प्रदेश सरकारबाट सेवा सुविधा प्राप्त गर्न प्रदेशमा पत्रकारिता गरेको र प्राधिकरणमा समेत सुचिकृत

भएको हुनुपर्नेछ।"